पोखरा – एमालेको अर्थ तथा योजना विभागको सदस्य सूचीमा उल्लेख गरिएको एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको पुष्टि भएको छ । एमाले केन्द्रीय सदस्य घनश्याम भुषाल प्रमुख रहेको उक्त समितिमा स्वायत्त निकाय नेपाल राष्ट्र बैकको गभर्नर जस्तो पदको ब्यक्ति सदस्य भएको प्रमाण फेला पारिएको हो।
उनलाई एमालेले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोश्रो नम्बरमा राखिएको छ । महाप्रसाद अधिकारी भनी नाम राख्दा विवाद आउने ठानेर एमालेले उनको नाम एम. अधिकारी भनी राखेको छ । उनको जिल्ला भने खोटाङ नै राखिएको छ ।
अधिकारी एमाले समर्थित व्यक्ति हुन् । एमाले सरकारको पालामा उनी लगानी बोर्डको अध्यक्ष समेत भएका थिए । लगानी बोर्डमा भएकै अवस्थामा एमालेले अर्थमन्त्री बनाएका डा. युवराज खतिवडाको जोडबलमा उनलाई गभर्नर बनाइएको थियो ।
अहिले पनि गभर्नर अधिकारीले लिने कतिपय महत्वपूर्ण निर्णयहरुमा डा. खतिवडाको अप्रत्यक्ष सहभागिता हुन्छ भन्ने चर्चा एमाले वृत्तमै समेत चल्ने गर्छ ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।