१६ साउन, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए । सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलको अवस्थिति, ‘सुसाइड नोट’ लगायतले यही संकेत गरेको एक अनुसन्धान अधिकृतले बताए । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरुले बताएअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर समेत बनाएका थिए । तर सुनिता र उनको सम्बन्ध राम्रो थिएन । श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको वालाजु वृत्तले तीन पटकसम्म दुबैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन । दिनेशले सुनितासँग सम्बन्धविच्छेद (डिभोर्स) गर्न चाहेका थिए । तर सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरिन् । बरु उनले बैदेशिक रोजगारीका लागि जाने प्रयास थालिन् । त्यसक्रममा बेलायतको सिजनल भिसा लागेपछि उनले पदमसालकै फेन्सी पसल बेच्नुका साथै मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खाता नै बन्द गरेकी थिइन् । हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको घटनास्थलमा पुगेको प्रहरीले बताएको छ, तर त्यो प्रयास सफल भएपछि आफैंलाई चक्कु हानेर आत्महत्या गरेको देखिन्छ । दिनेशको सुसाइड नोट समेत भेटिएको छ । दिनेशको सुसाइड नोट १० पेज लामो भएको प्रहरी स्रोतले बताएको छ जसमा उनले सुनिता र माइती परिवारमाथि दोष देखाएका छन् । सुनिता अरु पुरुषसँग लागेको आरोप समेत लगाएका छन् । अर्को पुरुषसँग लागेकाले मोबाइल हेर्न नदिएको आरोप सुसाइड नोटमा छ । श्रीमतीले आफूलाई बेवास्ता गर्ने गरेको उनको आरोप उल्लेख छ । आफूले कुवेतमा ११ वर्ष दुःख गरेर कमाएको सम्पत्ति सुनिताले कब्जा गर्न खोजेको आरोप पनि सुसाइड नोटमा छ ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।