Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • रोजगार
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • सतौंचण्डी टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयर बजार
  • स्वास्थ्य
  • English Edition
Logo
English Edition
२०८२ बैशाख २६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • स्थानीय
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयर बजार
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • मनोरंजन
  • खेलकुद
  • रोजगार
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मिडिया र टिभी : स्वार्थ को समाजसेबा र राजनैतिक बार्गेनिङ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रामप्रसाद खनालको रबि लामिछानेलाइ खुला पत्र
लक्ष्मण पराजुली ५७२ पाठक संख्या प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (२ साल अघि)
मिडिया र टिभी : स्वार्थ को समाजसेबा र राजनैतिक बार्गेनिङ

रबी लामिछानेलाई एउटा खुल्ला चिठ्ठी !
प्रिय मित्र रबी लामिछानेजी
अमेरिकामा आज बिहान उठ्दै गर्दा र नेपालका समाचारहरूमा आँखा पुर्‍याउँदै गर्दा, तपाईँले आज देखी पूर्ण कालिन राजनीतिमा आएको छु भनेर घोषणा गरेको देखेँ, एकातिर असाध्यै खुसी लाग्यो भने अर्को तिर मन भरी धेरै कुरा खेले पनि । यो समाचार हेर्दै गर्दा तपाईँको एउटा साथीको नाताले र त्यो भन्दा बढी एउटा देशभक्त नेपाली हुनुको नाताले केही कुरा सार्वजनिक रूपमा लेख्न आवश्यक ठानेँ र लेख्दै छु । यसलाई गम्भीरता पूर्वक लिनुहुने छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।

रबीजी, तपाईँले पछिल्लो समय सञ्चार क्षेत्रबाट एउटा सञ्चार कर्मीका हिसाबले देश र जनतालाई जे जति दिनु भयो त्यो अविस्मरणीय छ, प्रशंसनीय छ त्यो कसैबाट लुकेको छैन, छिपेको छैन । राक्षसी राजका साना ठुला सबै खाले राक्षसहरू तपाईँको यात्रा लाई पूर्ण बिराम लगाउन र तपाईँ भित्रको रबी को हत्या गर्न कसरी लागे र असफल भए त्यो दुनियाँले देखेकै कुरा हो । तपाईँले त झन् विगतको त्यो तितो अनुभव भुल्ने कुरै भएन ।

अब पनि राक्षसी राजका साना ठुला सबै खाले राक्षसहरू तपाईँको यात्रा लाई पूर्ण बिराम लगाउन र तपाईँ भित्रको रबी र छवीको हत्या गर्नका लागि निरन्तर लागि रहने छन् जसरी रवीन्द्र मिश्र र वहाँको भिजनलाई सिध्याउन, बिटुलाउन लागि लागिरहे । हल्लै हल्लाको देश हो हाम्रो देश जहाँ जसले जे सुकै भनोस् आज देशका लागि भिजन र योजना सब कुरा भएर पनि, राम्रो गर्छु भन्दा भन्दै पनि रवीन्द्र मिश्रजी लाई राक्षसी राजले बदनाम गराउन, कमजोर पार्न र सिद्ध्याउनका लागि के मात्रै गरेको छैन र वहाँको पार्टी भित्र पनि वहाँलाई कसरी असहयोग र खुट्टा तान्ने काम भयो, के के भयो त्यो कुरामा म भन्दा बढी तपाईँ जानकार हुनुहुन्छ । त्यसैले त्यसबाट पाठ सिकेर तपाईँ पूर्ण सचेतनाका साथ अगाडि प्रस्तुत हुनुहुने छ मलाई आशा एवम् पूर्ण विश्वास छ ।

वर्तमान देशको संविधान अनुसार एक जना व्यक्ति स्वतन्त्र रूपमा उठेर वा चुनाव जितेर मात्र परिवर्तन सम्भव छँदै छैन । यात जन आन्दोलनको उभार ल्याएर संबिधान, ब्यबस्था परिवर्तन गर्न सकिन्छ या त संबिधानकै बाटोबाट गएर बहुमत, या दुई तिहाइका आधारमा, त्यो तपाईंहरुले नबुझेको कुरा हुँदै होइन ।

स्वतन्त्रहरूको पनि समूह देश व्यापी रूपमा बनाएर योजना खाका र भिजनका साथ अगाडि बढिएन भने फाइदा लुटतन्त्र झोलेहरूलाई हुने छ । तर नहुनु भन्दा एक जना हुनु पनि र उसले आगोको झिल्को देखाउनु पनि सकारात्मक कदम भने अवश्य हुन्छ ।

देशभरका सात सय त्रिपन्न स्थानीय निकायमा जम्मा ३ ठाउँ काठमाडौँ, धरान र धनगढीले आगोको झिल्को देखाउँदा पनि आशाको सञ्चार भए जस्तै प्रदेश र केन्द्रको सँसदमा हामीलाई आगोको झिल्का ले मात्रै पुग्दैन, लुटतन्त्र र गलगाँड तन्त्र ध्वस्त पार्दै देशलाई साँचो प्रजातान्त्रिक युगमा प्रवेश गराउन आगोको ज्वालाहरू लगाएर लुटतन्त्र र गलगाँड तन्त्रलाई ध्वस्त पार्न सङ्गठित बलको आवश्यकता छ । कित्ता कित्तामा विभाजित भएर बसेका विकल्पहरूलाई एक ठाउँमा ल्याउनु, सङ्गठित बनाउनु र जनतामा आशा र विश्वासको नयाँ सञ्चार गराउनु पर्ने आवश्यकता छ अहिले ।

रबिजी,
लोकतन्त्रलाई लुटतन्त्र मा र गणतन्त्रलाई गलगाँड तन्त्रमा परिणत गर्दै देश र जनतालाई कहिले जुटेर त कहिले फुटेर बारम्बार लुटिरहेका लुटेराहरूको देश भरिको जालो र सेटिङ्ग त्यती सजिलै भत्काउन सकिएला भन्ने नसोंच्नु होला ।

रबिजी लगायत आगामी निर्वाचनमा देशका बिभिन्न जिल्ला र क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै गर्नुभएका मित्रहरू, देशव्यापी रूपमा समूह बनाएर, प्रस्ट भिजन र योजना बिना अगाडि बढेर लुटेरा दलेहरुको जरो गोड्न सजिलो छैन है कृपया यसलाई गम्भीरता पूर्वक लिनुहोला ।

स्वतन्त्र उमेदवारी दिन चाहने अरु अशल र राम्रा मित्रहरू, उम्मेदवारी दिनका लागि मात्र उम्मेदवार हुने होइन, निर्वाचनमा जित्नका लागि उम्मेदवार बन्ने प्रयास गर्नुहोला । जनताको मन जित्ने सङ्गठित योजना र भिजन बिना रहर मात्र नगर्दा राम्रो हुन्छ । देशव्यापी रूपमा स्वतन्त्रहरूको सङ्गठित टिम र टिम वर्क बिना सफलता हासिल गर्न सकिन्न । बालेन, हर्क र गोपीहरूबाट धेरै कुरा सिक्न सकिन्छ तर सँसदको चुनावमा अझ धेरै अभ्यास जरुरी हुन्छ, त्यतिले मात्र पुग्दै पुग्दैन ।

नेपालको वर्तमान संविधानले जुन समानुपातिक सिट व्यवस्था गरेको छ त्यसमा स्वतन्त्रहरू कसरी प्रस्तुत हुने ? स्वतन्त्रहरूले देशव्यापी रूपमा प्राप्त गरेको मतबाट प्राप्त गर्ने सिट लाई कसरी सुरक्षित गर्ने ? धेरै कुराहरू सोच्नु पर्ने हुन्छ । हामी देश बाहिर रहेका हरूले भन्दा बढी देश भित्र रहनुभएका मित्रहरूले यी र यस्ता विषयमा बढी सोच्नु बुझ्नु भएको होला । मेरो सिम्पल कुरा छ सङ्गठित नभै हुँदै हुँदैन । कसरी सङ्गठित हुने, कसरी देशव्यापी रूपमा जनतालाई सङ्गठित गर्ने, बुझाउने यता तर्फ ध्यान पुर्‍याएर मात्र उम्मेदवारी दिने कुरा गर्दा उपयुक्त हुन्छ ।

अझ अर्को खड्केको कुरा । काठमाडौँ मात्र देश होइन, देश भनेको पूर्व मेची देखी पश्चिम महाकाली सम्म हो, हिमाल, पहाड, तराइ हो, सबै नेपाल हो र सबै नेपाली हुन यता तर्फ पनि सबैको ध्यान जाओस । अशल र राम्रा स्वतन्त्र उमेदवारहरु केबल काठमाडौँ बाट मात्र चुनाव लड्ने घोषणा गर्नु भनेको आफु आफुमै भोट काटा काट गर्नु र लुटेराहरुलाई सहयोग पुर्‍याउनु हो । ओली, प्रचन्ड, देउबा, रामचन्द्र, माकुने, बाबुराम, यादब, ठाकुर, महतो, थापा जस्ता बारम्बार प्रयोग भएर नालायक सिध्द भएका देशका भारहरु लाई धुलो चटाउन खोइ के भैरहेको छ त ? खोइ योजना र भिजन ? खोइ बिकल्प खोज्नेहरु बिच समन्वय र एकता ? संगठन नै बल हो मनन गरौं । एक एक भएर, चुनाबमा गएर मात्र धेरै सफलता हासिल हुन्छ मलाई यस्तो लाग्दैन । यता तर्फ पनि मित्र रबीजी, रवीन्द्र जी लगायत सबै देश भक्तहरुको ध्यान जाओस मेरो एउटा स्वतन्त्र र बिनम्र आग्रह छ । आगे तपाईंहरुकै जो मर्जी ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

  • ताजा अपडेट
  • २४ घण्टामा

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

प्रचण्डम् सरणम गच्छामी ।

समाचार
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

Logo

सतौं चण्डी मिडिया प्रा.लि.का लागि

पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश

[email protected]

समाचार सम्पर्क ९८५६०००१४५

विज्ञापनको लागि ९८५६०००१४५

कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९

स्थायी लेखा नम्बर: ६१०२९७८६७

सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९

वेबसाईट: sataunchandi.com

हाम्रो टीम:

संचालक : पूजा अधिकारी
सम्पादक : बिकाश पोख्रेल
ब्यबस्थापक : चोलाकान्त पराजुली
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© Estd 2022 - 2025 Copyright Sataun Chandi Media (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0