Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • रोजगार
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • सतौंचण्डी टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयर बजार
  • स्वास्थ्य
  • English Edition
Logo
English Edition
२०८२ बैशाख २६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • स्थानीय
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयर बजार
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • मनोरंजन
  • खेलकुद
  • रोजगार
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

पारीवारिक बिचलनको भयंकर रुप: छोरा, छोरी र श्रीमतीको हत्यापछी आत्महत्या

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सतौं चण्डी मिडिया ७३६ पाठक संख्या प्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (२ साल अघि)
पारीवारिक बिचलनको भयंकर रुप: छोरा, छोरी र श्रीमतीको हत्यापछी आत्महत्या

१६ साउन, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।                                                                              सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए ।                                              घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलको अवस्थिति, ‘सुसाइड नोट’ लगायतले यही संकेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।                                                                  गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरुले बताएअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर समेत बनाएका थिए । तर सुनिता र उनको सम्बन्ध राम्रो थिएन ।                                                  श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको वालाजु वृत्तले तीन पटकसम्म दुबैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन ।                                                              दिनेशले सुनितासँग सम्बन्धविच्छेद (डिभोर्स) गर्न चाहेका थिए । तर सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरिन् । बरु उनले बैदेशिक रोजगारीका लागि जाने प्रयास थालिन् । त्यसक्रममा बेलायतको सिजनल भिसा लागेपछि उनले पदमसालकै फेन्सी पसल बेच्नुका साथै मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खाता नै बन्द गरेकी थिइन् । हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको घटनास्थलमा पुगेको प्रहरीले बताएको छ, तर त्यो प्रयास सफल भएपछि आफैंलाई चक्कु हानेर आत्महत्या गरेको देखिन्छ । दिनेशको सुसाइड नोट समेत भेटिएको छ ।                                                                    दिनेशको सुसाइड नोट १० पेज लामो भएको प्रहरी स्रोतले बताएको छ जसमा उनले सुनिता र माइती परिवारमाथि दोष देखाएका छन् । सुनिता अरु पुरुषसँग लागेको आरोप समेत लगाएका छन् । अर्को पुरुषसँग लागेकाले मोबाइल हेर्न नदिएको आरोप सुसाइड नोटमा छ । श्रीमतीले आफूलाई बेवास्ता गर्ने गरेको उनको आरोप उल्लेख छ । आफूले कुवेतमा ११ वर्ष दुःख गरेर कमाएको सम्पत्ति सुनिताले कब्जा गर्न खोजेको आरोप पनि सुसाइड नोटमा छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

  • ताजा अपडेट
  • २४ घण्टामा

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

प्रचण्डम् सरणम गच्छामी ।

समाचार

सतौं चण्डी मिडिया प्रा.लि.का लागि

पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश

[email protected]

समाचार सम्पर्क ९८५६०००१४५

विज्ञापनको लागि ९८५६०००१४५

कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९

स्थायी लेखा नम्बर: ६१०२९७८६७

सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९

वेबसाईट: sataunchandi.com

हाम्रो टीम:

संचालक : पूजा अधिकारी
सम्पादक : बिकाश पोख्रेल
ब्यबस्थापक : चोलाकान्त पराजुली
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© Estd 2022 - 2025 Copyright Sataun Chandi Media (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0