Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • रोजगार
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • सतौंचण्डी टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयर बजार
  • स्वास्थ्य
  • English Edition
Logo
English Edition
२०८२ बैशाख २६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • स्थानीय
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयर बजार
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • मनोरंजन
  • खेलकुद
  • रोजगार
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सतौं चण्डी मिडिया १७७५ पाठक संख्या प्रकाशित मिति: २०७९ जेष्ठ १४, शनिबार (२ साल अघि)
कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्राचार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडित मैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबु बाहिरको परिस्थितिमा कानूनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्थालाई दृष्टिगत गर्दै उजुर गर्ने एक वर्षको हदम्यादसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरी कानूनलाई संविधान प्रदत्त बनाउन उक्त पत्राचार गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कारणबाट कानूनले तोकेको हदम्यादभित्र जाहेरी पर्न नसक्ने अवस्थासमेत सिर्जना हुन सक्ने कुरालाई मध्यनजर गरी हदम्यादसम्बन्धी व्यवस्थालाई यान्त्रिक र प्राविधिक नबनाई पीडित मैत्री हुने गरी संशोधन गर्नुपर्ने देखिँदा संशोधनका लागि आयोगले सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।’

आयोगले सम्मानपूर्वक बाँच्न पाउने हक, अपराध पीडितको हक, शोषणविरुद्धको हक र महिलाको हक अनुकूल बनाई महिलाको मर्यादा, आत्मसम्मान र मानव अधिकारमा प्रतिकूल प्रभाव पर्न नदिन तथा हदम्यादसम्बन्धी व्यवस्थालाई यान्त्रिक र प्राविधिक नबनाई पीडित मैत्री हुने गरी संशोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुर गर्ने एक वर्षको हदम्यादका कारण पीडितहरूको न्याय प्राप्त गर्ने हक प्रभावित हुन गएको आयोगको ठहर छ ।

नेपालको संविधानको धारा, ३८ (३) मा महिलाविरुद्ध कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य गरेमा कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २२९ को उपदफा (२) मा रहेको जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुर गर्ने एक वर्षको हदम्यादसम्बन्धी विद्यमान व्यवस्था छ ।

संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक, अपराध पीडितको हक, शोषणविरुद्धको हक र महिलाको हक अनुकूल नभई त्यसबाट महिलाको मर्यादा, आत्मसम्मान र मानव अधिकारमा प्रतिकूल प्रभाव पर्न गएको र जबरजस्ती करणीको कसुरबाट पीडित महिला हदम्यादकै कारण न्याय प्राप्तिको अधिकारबाट वञ्चित भई महिलाको मानव अधिकारमा नै गम्भीर असर पर्न जाने आयोगको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

  • ताजा अपडेट
  • २४ घण्टामा

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

प्रचण्डम् सरणम गच्छामी ।

समाचार

सतौं चण्डी मिडिया प्रा.लि.का लागि

पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश

[email protected]

समाचार सम्पर्क ९८५६०००१४५

विज्ञापनको लागि ९८५६०००१४५

कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९

स्थायी लेखा नम्बर: ६१०२९७८६७

सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९

वेबसाईट: sataunchandi.com

हाम्रो टीम:

संचालक : पूजा अधिकारी
सम्पादक : बिकाश पोख्रेल
ब्यबस्थापक : चोलाकान्त पराजुली
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© Estd 2022 - 2025 Copyright Sataun Chandi Media (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0