Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • रोजगार
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • सतौंचण्डी टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयर बजार
  • स्वास्थ्य
  • English Edition
Logo
English Edition
२०८२ बैशाख २६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • स्थानीय
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयर बजार
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • मनोरंजन
  • खेलकुद
  • रोजगार
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

माधब नेपाल को नियन्त्रण बाहिर नेकपा यस का मन्त्री

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पार्टी निर्देशन पेन्डुलम
सतौं चण्डी मिडिया ३०५ पाठक संख्या प्रकाशित मिति: २०७९ अषाढ ११, शनिबार (२ साल अघि)
माधब नेपाल को नियन्त्रण बाहिर  नेकपा यस का मन्त्री

पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट फिर्ता नहुने अडान राखेका छन् । उनीहरू अध्यक्ष माधवकुमार नेपाललाई दबाबमा पारेर पदमा निरन्तर रहने रणनीतिमा छन् । त्यसैअनुसार उनीहरूसहित १० सांसदले शुक्रबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् । अर्को पार्टी बनाउने कानुनी प्रावधान नभए पनि आफूहरू बलियो रहेको देखाउन उनीहरूले हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेको एक नेताले बताए । पोलिटब्युरो बैठकमा पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रीहरूको आलोचना भएको थियो । तर, उनीहरूले फिर्ता हुनेबारे केही नबताएको ती नेताले बताए । बैठकमा पर्यटनमन्त्री प्रेम आलेले आफूलाई ४८ घण्टाको समय दिन माग गरेका थिए । ‘शुक्रबार बिहान पार्टी कार्यालयमा ८ बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका छौं, नीतिगत हिसाबले पार्टी चल्नुपर्छ भन्ने हाम्रो माग हो,’ हस्ताक्षरकर्ता नीरादेवी जैरुले भनिन, ‘यसबारे पोलिटब्युरो बैठकबाट छलफल सुरु भएको छ, शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुन्छ ।’ जैरुले मन्त्रीहरू पार्टी निर्णय मान्न तयार रहेको तर केन्द्रीय कमिटी बैठकले नयाँ मन्त्रीका नामबारे पुनर्विचार गर्नुपर्ने बताइन् । पार्टीका आधा सांसद आफूहरूसँग रहेको सन्देश दिएर उनीहरूले अध्यक्ष नेपाललाई निर्णय पुनर्विचार गर्न दबाब दिएका छन् । हस्ताक्षर गर्नेमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठसहित सांसद कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरादेवी जैरु छन् । मन्त्रीहरूले शुक्रबारको पोलिटब्युरो बैठकमा पनि यही कुरा दोहोर्‍याएका छन् । स्वास्थ्यमन्त्री खतिवडाले पार्टीका समस्या लिखित बुझाएको र त्यसबारे बैठकमा छलफल अगाडि बढेको बताए । पार्टी निर्णय मान्न आफूहरू तयार रहेको तर पार्टीले पठाएका नाममा पुनर्विचार हुनुपर्ने सर्त उनीहरूको छ । खतिवडाले राष्ट्रिय सभाबाट बजेट पारित भएलगत्तै फिर्ता आउने बताए । ‘पार्टीका समस्याबारे हामीले लेखेर दिएका छौं, बैठकमा छलफल अगाडि बढेको छ, राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वत: मन्त्री छाड्छौं, पार्टी निर्णय मान्छौं,’ बैठकपछि उनले भने । प्रतिनिधिसभाबाट पारित भए पनि बजेट राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ । पर्यटनमन्त्री आलेले आफू ४८ घण्टाभित्र राजीनामा दिन तयार रहेको बैठकमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी  प्रस्तुत गर्दै साह मोहम्मद मिया।

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

  • ताजा अपडेट
  • २४ घण्टामा

बाल्यकाल मा सुनेको कथा : कमिलोले हात्ती मार्न सक्छ

स्याङ्जा क्षेत्र न १ ‘ख’ बाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै साह मोहम्मद मिया।

श्रम मन्त्रीले हरेक आइतबार प्रत्यक्षरूपमा गुनासो सुन्ने

धेरै जाल बुनियो : उहि बुडिको प्यारो भो गुनियो

प्रचण्डम् सरणम गच्छामी ।

समाचार

सतौं चण्डी मिडिया प्रा.लि.का लागि

पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश

[email protected]

समाचार सम्पर्क ९८५६०००१४५

विज्ञापनको लागि ९८५६०००१४५

कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९

स्थायी लेखा नम्बर: ६१०२९७८६७

सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९

वेबसाईट: sataunchandi.com

हाम्रो टीम:

संचालक : पूजा अधिकारी
सम्पादक : बिकाश पोख्रेल
ब्यबस्थापक : चोलाकान्त पराजुली
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

साईट मेनु

  • Home
  • फुर्सदमा
  • शर्तहरु
  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार
  • रिपोर्टरहरु
  • English Edition

सामाजिक सञ्जाल

© Estd 2022 - 2025 Copyright Sataun Chandi Media (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

0